ज्यान गुमाउनेमा चार जना बालबालिका पनि छन् । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार शनिबार ९० जनाभन्दा बढीको ज्यान गएको छ ।

रोयटर्सलाई एक स्थानीयले दिएको जानकारी अनुसार सुरक्षाकर्मीले चरा- कुखुरा मारेजस्तै गरी मानिसहरुलाई मारेको छ । मृतकको सङ्ख्या भने शनिबार फरक-फरक देखाइएको छ। म्यानमार नावले एक सय १४ जनाको मृत्यु भएको बताएको छ ।
आन्दोलनकारीहरुले आन्दोलनलाई अझै जारी राख्ने उद्घोषसमेत गरेका छन् । म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य कू भएपछि अहिलेसम्म ४०० भन्दा बढीको ज्यान गइसकेको छ । १ फेब्रुअरीमा सैनिक कु गर्दै सेना प्रमुख मिन आङ लाइङले राज्यसत्ता हत्याएपछि म्यानमारमा नागरिक प्रदर्शन सुरु भएको थियो।
यस दमनको विश्वभर विरोध भइरहेको छ । । म्यानमार सेनाले पनि पुनः निर्वाचन गरेर सत्ता सुम्पने दाबी गरे पनि व्यवहारमा भने निकै क्रुरता अपनाइरहेको छ ।
