काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।संसद् पुनर्स्थापना भएपछि उनीहरुबीचको यो पहिलो भेटवार्ता हो । प्रधानमन्त्री र सभामुखबीच संसद् प्रभावकारी ढङ्गले अघि बढाउने भन्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सार्वजनिक महत्वका विधेयकलाई अघि बढाउने विषयमा पनि भेटमा छलफल भएको बताइएको छ ।

