काठमाडौँ : मानिसहरूको विभिन्न कारणले गर्दा दाँत पहेँलो हुन्छ। जस्तै बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोग पनि हुन सक्छ । जसले गर्दा मानिसहरू खुलेर बोल्न , हाँस्न रुचाउँदैनन् । यस्ता समस्याबाट मुक्त हुन मानिसहरू विभिन्न थरिका टुथपेस्ट प्रयोग गर्न थाल्छन् ।सबै टुथपेस्ट राम्रो हुन्छन् भन्ने हुँदैन ,कतिपय टुथपेस्ट दाँतलाई सेतो बनाउनको सट्टा उल्टै पहेँलो बनाई दिन्छ। तर, यस्तो समस्याको लागि घरेलु उपायबाट पनि मुक्त हुन सकिन्छ ।

यस्ता छन् पहेँलो दाँतलाई घरेलु उपायबाट सेतो बनाउने तरिका:

बेकिङ सोडा
बेकिङ सोडाको प्रयोगले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ ।टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्नले दाँत सफा हुन्छ ।

कागती
दाँतको पहेँलोपन हटाउनको लागी कागती एकदमै महत्त्वपूर्ण मनिन्छ। कागतीको रसमा नुन मिसाएर दाँत माझ्ननाले दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।

नरिवलको तेल
नरिवलको तेलको प्रयोगले हामीले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्छौ । टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर दाँत ब्रस गर्नाले दाँत चम्किनको साथै  सफा पनि हुन्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *