काठमाडाैं: नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको निधनपछि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक शनिबार बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर शनिबार मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

जोशीको पार्थिव शरीरलाई बिहान ९ बजे नर्भिक अस्पतालबाट निकालिनेछ भने १० बजे यट्खास्थितनिवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ।

नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन शुक्रवार साँझ ८:२४ मा नर्भिक अस्पतालमा भएको हो। ।

गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उनी सोही अस्पतालमा उपचाररत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *