काठमाडौं : नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिन ठुलो भीड लागेको छ । शुक्रबार साँझ निधन भएका जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शनिबार मध्याह्न १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा सानेपामा राखिएको छ ।

जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्रनेम्वाङ सानेपा पुगेका थिए ।
यस्तै मन्त्री, सांसद, काँग्रेस नेता तथा कार्यकर्ता र आफन्त पनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानेपा पुगेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए । मस्तिष्क घातका कारण निधन भएका निष्ठावान् नेता जोशीको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
