मुम्बई:  भारतस्थित मुम्बईको एक कोरोना अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। मुम्बईको सनराइज अस्पताल रहेको ड्रिम्स मलमा बिहीबार मध्यराति आगलागी हुँदा १० जनाको मृत्यु भएको एनडिटिभीले जनाएको छ।

अस्पतालमा उपचाररत् कोरोना संक्रमितहरू सुरक्षित स्थानमा लगिएको छ। ७० जनाभन्दा बढी कोरोना संक्रमितहरू अस्पतालमा उपचाररत थिए।

आगलागी भएपछि २२ वटा दमकल अस्पताल पुगेका थिए। आगलागी हुनुको कारण अहिले खुलिसकेको छैन । अस्पतालले सुरूमा जारी गरेको विज्ञप्तिमा मानवीय क्षति नभएको जनाएको थियो। तर पछि अस्पतालले केही बिरामीहरू हराइरहेको बताएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *