नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज पार्टीको केन्द्रीय कमिटी बैठक राख्दै छ।

ओलीले बोलाएको संसदीय दलको बैठक बस्नुअघि बिहान ११ बजे नेपाल समूहले केन्द्रीय बैठक राख्न लागेको हो।

कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने बैठकमा आगामी रणनीतिबारे छफल गरिने नेपाल पक्षका एक जना केन्द्रीय सदस्यले जानकारी दिए।

आजै दिउँसो ३ बजे बालुवाटारमा ओली पक्षले एमाले संसदीय दलको बैठक राख्दै छ। त्यसमा नेपाल पक्षले आफ्ना सांसद पनि सहभागी हुने संकेत देखाएको छ तर त्यसबारे बिहान बस्ने केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने सम्भावना छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *