काठमाडाैं: साताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुन प्रतिताेला ६ सय रूपैयाँले घटेकाे हाे ।

आज शुक्रबार छापावाल सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट आएर ८६ हजार ३ सय रूपैयाँ निर्धारण गरिएकाे सुनचाँदी व्यवसायी महासंले जनाएकाे छ ।अघिल्लो दिन बिहीबार छापावाला सुन प्रतिताेला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, शुक्रवार तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ४५० रुपैयाँ कायम भएको थियो ।यस्तै, शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
