धनगढी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार बदलिने दाबी गरेका छन् । शुक्रवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन् ।

सरकार बदलिने विषयमा पार्टीमा छलफल हुने र छिट्टै निष्कर्ष निकाल्ने उनकाे भनाइ छ । सुदूरपश्चिमको हालको सरकारले गति लिन नसकेकोले अब चाहिँ यसलाई फाल्नुपर्ने आम जनताको पनि सोच भएकोले यसबारेमा पार्टीले निर्णय गर्ने मन्त्री भट्टले बताए ।अहिले लेखराज भट्टकै लविङमा मुख्यमन्त्री भएका त्रिलोचन भट्ट नेतृत्वको सरकार सुदूरपश्चिममा छ । मन्त्री भट्ट पूर्वमाओवादी केन्द्रका नेता हुन् । अहिले प्रधानमन्त्री केपी ओली नजिक भएपछि उनलाई नेकपा ९एमाले० को प्रदेश इन्चार्ज बनाइएको छ । मुख्यमन्त्री भट्ट पुर्व माओवादी केन्द्रका नेता हुन् ।
त्यस्तै, मन्त्री भट्टले एमालेका नेता माधव कुमार नेपाल लगायतका नेताका विषयमा स्पष्टीकरणपछि मात्रै कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए । उनले भने, ‘उक्त पक्षका नेताहरुका लागि एमालेको ढोका खुल्ला रहनेछ।’
