काठमाडौं । यही चैत ८ गते साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५ स्थित भीमेश्वर म:म: एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर घाइते भएका टीकाराम बस्नेतको मृत्यु भएको छ ।

दोलखाको सैलुङ गाउँपालिका-६ घर भई हाल सूर्यविनायक-४ बस्दै आएका बस्नेतको कीर्तीपुर बर्न सेन्टर अस्पताल उपचारका क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी पसल सञ्चालक हुन् ।
यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका-२ घर भई भक्तपुरको सल्दाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी र १६ वर्षीय हिमुन्स थापा भने सामान्य छन् । उनीहरु खाजा पसलमा आएका ग्राहक हुन् ।
