काठमाडौं :नेकपा एमालेको संसदीय दलको बैठक नसकिँदै नेता झलनाथ खनाल बाहिरिएका छन् । नेता खनाल दलको बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका हुन् ।

खनालले बैठकमा सर्वोच्चको फैसलाले एमाले पूर्ववत् अवस्थामा फर्किएको भन्दै पार्टीलाई एकताबद्ध र एक ढिक्का बनाएर लैजान २०७५ जेठ २ गतेको अवस्थामा फर्किन अध्यक्ष ओलीसँग आग्रह गरेका छन् । ‘केन्द्रीय कमिटीदेखि सबै कमिटीहरुको बैठक आयोजना गर्नुपर्छ । बीचमा गरेका निर्णयहरु खारेज गर्नुपर्छ,’ खनालको भनाइ उद्धृत गर्दै नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
