काठमाडाैं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा फागुन २८ गतेका निर्णयहरु खारेज गर्न नसकिने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकमा ओलीले यस्तो बताएका हुन् ।

निर्णय विधिसम्मत नै भएकाले खारेज गर्न नसकिने ओलीले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यसअघि झलनाथ खनालले पार्टी एकता कायम राख्न २०७५ जेठ २ अगाडी कै अवस्थामा पार्टीलाई अगाडी बढाउनुपर्ने बताएका थिए ।
ओलीले एमाले २०७५ जेठ २ मै फर्किएको भन्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरुको व्यवस्थापनमात्र भएको बताएका थिए।

