काठमाडौं । डिशहोमले ग्राहकका लागि सित्तैमा १० एमबीपीएस गतिको इन्टरनेट प्रदान गर्ने भएकाे छ । डिशहोम फाइबरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाइबरनेट उपलब्ध ठाउँमा रहेका ग्राहकले निःशुल्क इन्टरनेट पाउने भएका हुन् ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत डिशहोमकोे मासिक, त्रैमासिक अर्धवार्षिक वा वार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सकिने छ ।

डिशहोमका ग्राहकहरुले निःशुल्क इन्टरनेट सेवासँगै आफ्नै मोबाइलमा डिशहोम गो एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानल पनि निःशुल्क हेर्न पाउनेछन् ।

त्यस्तै भिडियाे अन डिमान्ड (भिओडी) मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रम हेर्न सकिने उल्लेख छ । त्यस्तै डिशहोम गो वेबमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानल हेर्नसक्ने कम्पनीले जनाएको छ ।

साथै एक्सभिओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमबिना अतिरिक्त शुल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *