नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज पार्टीको केन्द्रीय कमिटी बैठक राख्दै छ।

ओलीले बोलाएको संसदीय दलको बैठक बस्नुअघि बिहान ११ बजे नेपाल समूहले केन्द्रीय बैठक राख्न लागेको हो।
आजै दिउँसो ३ बजे बालुवाटारमा ओली पक्षले एमाले संसदीय दलको बैठक राख्दै छ। त्यसमा नेपाल पक्षले आफ्ना सांसद पनि सहभागी हुने संकेत देखाएको छ तर त्यसबारे बिहान बस्ने केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने सम्भावना छ।
