काठमाडाैं: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको। राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री बुधबार बेलुका राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। दुई जनाबीच करिब १ घण्टा कुराकानी भएको थियो।

राष्ट्रपति भण्डारी बंगलादेश भ्रमण गरेर फर्किएको भोलिपल्ट प्रधानमन्त्री ओलीले भेट गरेका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *