iphone

काठमाडाैं: आगामी सेप्टेम्बरमा एप्पलकाे आईफोन १३ सार्वजनिक हुने भएकाे छ। अमेरिकी कम्पनी एप्पलले आईफोनको नयाँ भर्जन आईफोन १३ आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको हाे ।

एप्पलले हरेक वर्षको सेप्टेम्बर महिनामा आईफोनका नयाँ भर्जन तथा अरु उत्पादन गर्दै आएकाले विश्लेषकहरुले यो वर्ष पनि सेप्टेम्बरमा आईफोन १३ आउने आकलन गरेका हुन्।

विश्लेषक डान इभ्सले गरेको एप्पलको सप्लाइ चेन विश्लेषण अनुसार सेप्टेम्बरको तेस्राो हप्तासम्ममा आईफोन १३ सार्वजनिक भइसक्नेछ। तर यसबारे कम्पनीको आधिकारिक धारणा भने आएको छैन।

उनका अनुसार कम्पनीले यस वर्ष आईफोन १३ को उत्पादन गत वर्षको आईफोन १२ भन्दा २५ प्रतिशत बढी गर्ने भएको छ।

यसै विश्लेषणलाई आधार मान्दा आईफोन १३ मा सानो नच, उच्च रिफ्रेश रेट तथा सुधारिएको क्यामराजस्ता थुप्रै अपग्रेडहरु रहनेछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *