काठमाडौं : गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने मनकामना केबुलकार सेवा बिहीबार बन्द हुने भएको छ। नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार केबलकार बन्द हुने भएको हो।

नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ। प्रालिका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ।

लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ। कोरोना महामारीका कारण नौ महिना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको हो।

केबुलकारबाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *