काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार २१७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २ हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५१ हजार ८ सय ८४ पुगेको छ।

गत २४ घण्टामा  काेराेना संक्रमितकाे  मृत्यु  संख्या शून्य छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ। हाल ५५ जना क्वारेन्टाइनमा छन्। गत२४ घण्टामा ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ जना पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *