काठमाडाैं: बिहीबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजाेकाे तुलनामा सुनकाे मूल्य आज २ सय रूपैयाँले बढेकाे हाे ।

बुधबार प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भएकाे छापावाल सुन आज २ सयले बढेर प्रतितोला ८६ हजार ९ सय रूपैयाँ निर्धारण भएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै तेजाबी सुनकाे मूल्य पनि प्रतिताेला २ सय रूपैयाँले घटेर ८६ हजार ४ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे छ। तेजावी सुन हिजाे प्रतिताेला८६ हजार २ सय ५० रूपैयाँमा कारोबार भएकाे थियाे ।
यता आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदीको मूल्या तोलामा १२४० रहेकोमा आज घटेर आज चाँदीको मूल्य १२३० रहेको महासंघले जनाएको छ ।
