महाेत्तरी: एक महिनाअघि  सुतिरहेको अवस्थामा आफ्नै घरबाट बेपत्ता भएका,महोत्तरीको पिपरा गाउँपालिकास्थित  सोहडवाका वृद्ध  झा दम्पतीकाे शव भेटिएकाे छ।

पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उहाँकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हाे ।

फेला परेको शव हराइरहेका झा दम्पतीकै भएको प्रहरीले पुष्टि गरेको छ । शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसअघि दम्पतीकाे अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *