एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन्। अध्यक्ष ओलीले वैधानिक रूपमा केन्द्रीय कमिटीको बैठक नराखी नेपाल समूहलाई तर्साउने र कारबाही गर्ने नियतले चार नेतालाई स्पष्टीकरण सोधेका छन्।

ओलीको यस्तो रबैयाबाट रुष्ट नेपाल समूहले आफ्नो साथमा साढे तीन लाख नेता–कार्यकर्ता रहेको भन्दै ती सबैलाई कारबाही गर्न चुनौती दिएको हो।

ओली समूहले फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखेर कमिटीमा सदस्यहरू थप गरी नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेको थियो। नेपाल–झलनाथ खनाल पक्षले त्यो निर्णय अमान्य भन्दै सच्याउनुपर्ने, केन्द्रीय कमिटीको नवौं बैठकबाट पार्टीका काम अघि बढाउनुपर्नेलगायत माग राखेकै बेला ओलीले चारजना नेतालाई स्पष्टीकरण सोधेपछि विवाद उत्कर्षमा पुगेको छ। —–नागरिक दैनिकबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *