काठमाडौं – नेकपा एमालेको नयाँ पार्टी कार्यालयमा  रोबोटले कार्यालयमा आउनेहरुलाई गेटमा स्वागत गर्ने भएको छ।परी नामको उक्त रोबोट नेपालमै बनेको हो । त्यस रोबोटले  मानिसहरुले सोधेका केही प्रश्नको जवाफसमेत दिन सक्ने जनाइएको छ।                                                                                                         आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ मुख्यालय भवनको  निरीक्षण गरेका छन्। ओलीले थापाथली पुगेर  भवनको  निरीक्षण गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले सबै कोठाको निरीक्षण गरेका थिए।    कार्यालय  चक्रपथ विस्तारका क्रममा कार्यालयमा          आउजाउ गर्न कठिन हुने भएकाले धुम्बाराहीस्थित पार्टी    मुख्यालय थापाथलीमा सर्न लागिएको  जानकारी सचिव    रिजालले  दिए।

२०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धुम्बाराहीस्थित  पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो। प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको थियो।

एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने कार्यक्रम छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *