गुल्मी, गुल्मीमा करदाता सेवा कार्यालय स्थापना भएको ८ महिनाको अवधिमा १३ करोड ६४ लाख ६८ हजार राजस्व संकलन भएको छ ।आर्थिक वर्ष ०७७ र ०७८ को ८ महिनाको आय कर ६८ लाख, घर भाडा कर ७ लाख, व्याज कर ३४ लाख, भ्याट कर ६ करोड ६८ लाख र अन्त शुल्क कर ६७ लाख संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसालले बताए ।कर सम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन,व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालयमार्फत काम भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख भुसालले बताए । जिल्लाबाट कर तिर्नकै लागि पाल्पा तथा बुटवल जानु पर्ने बाध्यता अत्य भएको छ ।

कार्यालय स्थापना भएसँगै जिल्लाभित्रका सेवाग्राहीलाई सहज भइरहेको सेवाग्राही अरवीन्द्रकुमार श्रेष्ठले बताए । कार्यालय स्थापनाले जल्ला सदरमुकाम तम्घासमा करदाता सेवा कार्यालयको स्थापना भएपछि करसम्बन्धी कामको लागि पाल्पा बुटवल जानुपर्ने बाध्यता अत्य भएको हो ।
जिल्लामा कर कार्यालय नहुँदा बेला बेलामा शिविर आयोजना गरेरै व्यवसायीको कर संकलन गर्ने गरिएको थियो । यहाँका व्यवसायीहरुलाई कर तिर्न निकै समस्या रहेकाले कार्यालय खुलेसँगै करको दायरा बढनुका साथै व्यवसायीलाई पनि सहज भएको छ ।
