काठमाडौं । जनकपुरमा म्यागदीकी एक महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै सुतेकी महिला पाँचौ तल्लाबाट हाम फालेको वा खसालिएको अवस्थामा शव फेला परको हो ।

मृत्यु हुनेमा ३० वर्षीया सृजना सुनार श्रीपाली रहेको प्रहरीले जनाएको छ ।

होटेल छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्ड भित्र आधा शरिर पानीमा र आधा बाहिर रहेको अवस्थामा उनको शव भेटिएको हो ।

प्रहरीका अनुसार यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै उनी दुइदिन अघि जनकपुर आएर होटेलमा बसिरहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *