नयाँ सरकार बनाउन सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेका छन् । आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको बताएको छ । स्रोतका अनुसार जसपाले राखेका माग पूरा गर्न सरकारले कार्यदलसमेत गठन गरेको छ । सो कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरु सुवास नेम्वाङ र राजन भट्टराई छन् । जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेका छन् ।

