काठमाडौं । बहुप्रतिक्षित वानप्लस नाइन सिरिज आज सार्वजनिक हुने भएको छ । नेपाली समयअनुसार बेलुका ७ः४५ मा हुने लञ्च इभेन्टबाट यो सिरिज विश्वबजारमा सार्वजनिक हुनेछ ।

यो सिरिजमा कम्पनीले वानप्लस नाइन, वानप्लस नाइन प्रो र वानप्लस आर गरी तीन मोडलमा फोन सार्वजनिक गर्नेछ । साथै यही लञ्च इभेन्टबाट कम्पनीले आफ्नो पहिलो स्मार्टवाच पनि सार्वजनिक गर्नसक्ने जनाइएको छ ।
वानप्लस नाइनका सम्भावित फिचर
यो मोडलमा ६.५ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहनेछ । प्रोसेसरको रुपमा क्वालकमको फ्ल्यागशिप चिप स्न्यापड्रागन ८८८ हुनेछ भने १२ जीबी र्याम र २५६ जीबीको स्टोरेज हुनेछ । एन्ड्रोइडमा ११ मा आधारित अक्सिजन अपरेटिङ सिस्टम यूआईमा चल्नेछ ।
क्यामेराको रुपमा ४८ मेगापिक्सेलको प्राइमेरी सेन्सर हुनेछ भने ५० मेगापिक्सेलको सेकेन्डरी सेन्सर हुनेछ । त्यस्तै डेप्थ सेन्सर २ मेगापिक्सेलको रहने छ भने सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा हुनेछ । त्यस्तै फोनमा ४५०० एमएएचको ब्याट्री हुनेछ ।
