काठमाडौं । आज पनि मौसम बदली भएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशको पहाडी भूभागमा आंशिदेखि सामान्य बदली भएकोले केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पनि केही ठाउँमा मेघगर्जन/चट्टयाङ्गसहित वर्षा हुने सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सूचित गरेको छ ।
