cuff

नेपालगञ्ज । नेपाली महिलालाई भारत लगेर ५० हजार भारुतीय रुपैयाँ (भारु)मा बिक्री गर्ने १ जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्की छन् ।

प्रहरीका अनुसार कार्कीले ६ वर्ष अगाडि (२०७१ साल असार २८ गते) नेपाली महिलालाई भारत लगेर बेचबिखन गरेका थिए ।

नशालु पदार्थ मिसाइएको मिठाइ खान दिएर बेहोस् बनाइ २० वर्षीया पी-टू (नाम परिवर्तित) महिलालाई उनले भारतको बहराइच पुर्‍याएका थिए ।

बहराइचबाट पनि भारतको लखनउ जाने भनी लखनउमा नाम-थर यकीन नभएका व्यक्तिलाई उनले ५० हजार रुपैयाँमा ती महिलालाई बेचबिखन गरेका थिए ।

पछि नेपाल सरकार समेतको सक्रियतामा उद्दार गरिएकी महिलाले कार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

पीडित महिलाको जाहेरीअनुसार घटनाको ८ वर्षपछि पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *