सोमबार पठाओसँग आवद्ध ट्याक्सी ड्राइभरले आफ्नो ग्राहक खोसेको भन्दै गोङ्गबुमा पठाओका राइडरलाई कुटपिट गरेका थिए । ग्राहकले ट्याक्सीको भाडामा कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै कुटपिट भएको थियो ।

यो विषय ट्राफिक प्रहरीमा पुगेर समाधान भएको थियो । यसै विषयलाई लिएर ट्राफिक र पठाओबीच छलफल भएको थियो । उक्त छलफलसँगै चालकको सुरक्षाको लागि भन्दै महानगरिय ट्राफिकले पठाओ लेखेको ज्याकेट तथा ट्राउजर नलगाउन निर्देशन दिएको कम्पनीकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिएकी छन् ।
उनका अनुसार कोभिड–१९ का कारण सुरक्षाको विषयलाई लिएर राइडरलाई ज्याकेट तथा टाउजरलाई अनिवार्य गरिएको थियो । तर, अब भने अर्को सुचना जारी नभएसम्मका लागि पठाओको प्रोडक्ट झल्काउने खालको कुनै पनि प्रोटेक्टिभ गेयर प्रयोग नगर्न सबै राइडरलाई जानकारी गराइएको छ ।
यदी सूचनाको व्यवास्था गर्दै ज्याकेट लगाएर हिडेको खण्डमा प्रशासनबाट कारबाही समेत हुन सक्ने कम्पनीले जनाएको छ ।
