काठमाडौं,मोबाइल एपबाट ट्याक्सी र मोटरसाइकलले यात्रु ओसारपसार गर्दै आएको पठाओलाई ट्राफिक प्रहरीले थप कडाइ गर्ने भएको छ । पठाओ सञ्चालक (राइडर) हरुले सामूहिक रुपमा अनैतिक गतिविधिहरु गर्न थालेको पाइएकाले कडाइ शुरु गरेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
‘सेवा वन्द गर्ने भन्ने होइन तर नियमन गरी कडाइ गर्न शुरु गरेका हौँ ’ उहाँले भन्नुभयो । चोकचोकमा पठाओ लेखेको पोशाक लगाएर घण्टौ बस्ने, हुल बनेर होहल्ला गर्ने, सामाजिक सञ्जालमा ट्याक्सी र अन्य यातायात व्यवसायीमाथि अनैतिक गाली गर्ने जस्ता क्रियाकलाप गरेको पाइएको अधिकारीले बताउनुभयो ।
प्राविधिक कारणवश सर्भरमा समस्याका कारण बुक गर्न नमिलेकाले त्यस्तो हुन गए पनि बेलुकासम्म ठिक हुने पठाओका प्राविधिकका पुष्प रिजालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *