विराटनगर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताएका छन् ।
कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले पत्रकारहरुसँगको कुराकानीमा बोल्दै कांग्रेस विपक्षी पार्टी भएकाले तत्काल सरकारमा नजाने बताएका हुन् ।

कांग्रेस विपक्षी पार्टी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने उनको भनाइ थियो ।
