खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज१ह ४६०९ नं.को अटोमा सवार तीन जनालाई विशेष सुराकीको आधारमा गाँजासहित पक्राउ गरेको कुरा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुरेनकुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाखि्रङ रहेका छन् ।
अटोमा राखिएको तीनवटा जेब्रा झोला भित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको छ ।
अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्न थालिएको प्रहरीले जनाएको छ ।
