आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले सोसिडाडलाई ६-१ गोलले पराजित गरेको छ। बार्सिलोनाको जितमा लिओनल मेसी र सर्जिनो डेस्टले २-२ गोल गरे।

खेलको ३७ मिनेटमा ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता लियो। ४३ मिनेटमा डेस्टले बार्सिलोनाको अग्रता दोब्बर पारे।५३ मिनेटमा डेस्टले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे।

मेसीले ५६ मिनेटमा गोल गर्दा बार्सिलोना ४-० ले अघि बढेको थियो। बार्सिलोनाका लागि डेम्बेलेले ७१ मिनेटमा पाँचौ गोल गरे। ८९ मिनेटमा मेसीले टिमका लागि छैटौं र व्यक्तिगत दोस्रो गोल गरे।

सोसिडाडविरुद्ध मैदान उत्रिएसँगै मेसी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन्। आइतबार मेसीले बार्सिलोनाबाट ७६८औं खेल खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *