रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–१ मा बसको   ठक्करबाट मोटरसाइकल चालकक‍ो मृत्यु भएको छ ।

ग १ ख ६४४७ नम्बरको बसले प्रदेश २–०३–०११ प ७८७९ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ बागमती डाँडाटोलका ३४ वर्षीय कुमार लुङ्गेलीको मृत्यु भएको हो ।                                                                                                                                            दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुरस्थित चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 उक्त  दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २७ वर्षीय जयबहादुर दर्लामीको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *