काठमाडौं । विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाने भएकि छिन्। नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी सोमबार बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका जान लाग्नु भएको हो ।

निगमको दुई न्यारोबडी विमानमध्ये लुम्बिनीले राष्ट्रपतिसहितको टोलीलाई बिहान पौने ९ बजे काठमाडौंबाट बंगलादेश पुर्याउने स्रोतले जनाएको छ ।
निगमका अधिकारीका अनुसार ‘पहिलो दिन राष्ट्रपतिसहितलाई ढाका छाडेर विमान रित्तै फर्किनेछ’ । ‘दोस्रो दिन काठमाडौंबाट रित्तै गएर ढाकाबाट राष्ट्रपतिसहितको राजकीय भ्रमणमा रहेका ४९ जनालाई लिएर आउने छिन् ।’ चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको जनाएको छ । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने बताईएको छ ।
