फिल्म जगतमा नायिकाको तुलनामा नायक बढी उमेरसम्म रहको देखिन्छ। हिन्दी फिल्मामा८०-९० को दशकमा त्यस युगका नायिकाहरूसँग रोमान्स गर्ने नायकहरू अझै पर्दामा छन्, जबकि उनीहरूसँगै आएका नायिकाहरू फिल्म क्षेत्रबाट  धेरै टाढा गइसके।  यी नायकहरू आफूभन्दा धेरै वर्ष कान्छी नायिकाहरूसँग रोमान्स गर्न कति पनि हिचकिचाउँदैनन्। आज, केही यस्तै अनस्क्रिन जोडीहरूको बारेमा बताइँदै छ ,जहाँ नायिकाहरूले उनीहरूको बुबाको उमेरका हिरोसँग रोमान्स गरेका छन्।

आलिया भट्ट-शाहरुख खान

शाहरुख खानलाई बलिउडको राजा भनिन्छ। उनले हिन्दी फिल्म जगत्का धेरै सुन्दर नायिकासँग पर्दामा रोमान्स गरिसकेका छन्। शाहरुख आलिया भट्टसँगै फिल्म ‘डियर जिंदगी’ मा देखा परे। यस फिल्ममा उनले आलियाको चिकित्सकको भूमिका खेल्दै थिए। यद्यपि उनको फिल्ममा रोमान्स थिएन, तर अन्तमा  आलिया उनलाई धेरै मन पराउँछिन्। आलिया र शाहरुखको उमेरको बीच करिब २८ बर्षको भिन्नता रहेको छ।

सोनाक्षी सिन्हा- सलमान खान

दबंग फिल्मबाट क्यारियर सुरु गर्ने सोनाक्षीले २३ वर्षको उमेरमा ४५ बर्षे सलमानसँग रोमान्स गरिन् । यो फिल्म दर्शकहरूले धेरै मन पराए, तर सोनाक्षी र सलमानको बीचको दूरी दर्शकहरूलाई अनौठो लाग्यो।

जिया खान- अमिताभ बच्चन

बलिउड अभिनेत्री जिया खान अब यस संसारमा छैनन्। उनले अमिताभ बच्चनसँग ‘निशब्द’ फिल्ममा गरेको रोमान्सले निकै चर्चा पाएको थियो। यस फिल्मको दौरान जिया १९बर्षकी मात्र थिइन्। जियाले उनीभन्दा ४४ वर्ष जेठो अभिनेतासँग गरेको फिल्मी रोमान्सले निकै  खलबली मच्चाएको थियोे ।

विद्या बालन- नसीरुद्दीन शाह

बलिउड अभिनेत्री विद्या बालन उनको शक्तिशाली अभिनयका लागि धेरै परिचित छिन्। उनी पर्दामा एक से एक  चरित्रमा देखिएकी छिन्। यद्यपि नसीरुद्दीन शाहसँग “द डर्टी पिक्चर’ र ‘बेगम जान’ फिल्महरूमा उनका इंटिमेट सीनले धेरै चर्चा  पाएका थिए। विद्या बालनले यस फिल्ममा ३९ वर्ष जेठो नसीरुद्दीनसँँ रोमान्स गरेकी थिइन्।

माधुरी दीक्षित- विनोद खन्ना

माधुरी दीक्षितले विनोद खन्नासँग फिल्म ‘दयावान’ मा धेरै बोल्ड दृश्य दिइन्। यस फिल्ममा माधुरीले आफूभन्दा २० वर्ष जेठो विनोद खन्नासँग रोमान्टिक दृश्य दिएर हंगामा मच्चाएकी थिइन्। यस फिल्मपछि माधुरी दीक्षितलाई  त्यस्तो दृश्य  दिएकोमा निकै पछुतो लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *