काठमाडौं: नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे १० बजेदेखि बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी भएका छन् ।
शनिबार पार्टी संसदीय दलको बैठकमा गौतम सहभागी भएको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिए । पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शुक्रबार पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । झलनाथ खनाल र माधव नेपाल पक्षले भने बैठक बहिस्कार गरेका छन् ।
