काठमाडौं  : नेपाल टेलिकमले इसेवा जस्तै एप सञ्चालनमा ल्याउने भएको छ। नेपाल राष्ट्र बैंकले नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको टेलिकमले उक्त एप ल्याउन लागेको हो।

बैंकले टेलिकमको डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र लाइसेन्स प्रदान गरेको हो। अब टेलिकमले इसेवा जस्तै टेलिकमका प्रयोगकर्तालाई डिजिटल वालेटमार्फत आर्थिक कारोबार गर्न सक्ने व्यवस्था गर्ने भएको छ।

टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार अबको एक महिनाभित्रै कम्पनीले सेवा सुरु गर्नेछ। टेलिकमकाे एपबाट पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, बिल तिर्न, रकम ट्रान्सफर गर्न सकिनेछ।

यस्तै टेलिकमको मोबाइलबाटै बैंकिङ सिस्टम पनि अपरेट हुनेछ। जस अन्तर्गत माइक्रो इन्स्योरेन्स, लघुवित्त, सापटी लगायतका सुविधा पनि प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *