काठमाडौँ -पछिल्लो २४ घण्टामा नेपालमा १२५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६१ नमुनाको पीसीआर परीक्षण भएको छ ।
शुक्रबार १२३ जना निको भएर घर फर्किएका छन् । यसबाट नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।

मुलुकभर १ हजार १ जना कोरोना सङ्क्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ३० हजार ७ सय ८ पीसीआर परीक्षण भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ ।
