काठमाडौँ, अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ । महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्नेछन् । प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै अधिवक्ता बडाललाई नियुक्तिको सिफारिस गर्नुभएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
श्रमका मुद्दामा धेरै वकालत गरेका बडालले प्रतिनिधिसभा विघटनको मुद्दाको पक्षमा बहस गर्नुभएको थियो ।
