६ चैत, काठमाडौं :  प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका मुख्य उपलब्धीहरु सुनाए ।

उपलब्धिहरु:

१. नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त

मन्त्री ज्ञवालीले संविधान नम्माने र देशकै अस्तित्वलाई चुनौती दिने समूहलाई शान्तिपूर्ण मुलधारमा ल्याएको भन्दै उनले यसले नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त भएको बताए ।

२. नेपालाई विकासशील राष्ट्रमा स्तरोन्नती गर्न सिफारिस

सीडीपीले नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नती गर्न सिफारिस गरेको भन्दै उनले यो ठूलो उपलब्धी भएको बताए । उनले अघि भने, अगस्ट सेप्टेम्बरमा पारित गरेपछि अल्पविकसित भन्ने कलंक हट्ने छ, यो नेपालका लागि ठूलो विषय हो ।’

३. मेलम्चीको पानी सुन्दरीजल आइपुग्नु

काठमाडौंका जनताले वर्षौंदेखि पर्खिरहेको मेलम्ची खानेपानी आयोजनाको पानी केही दिन पहिले सुन्दरीजल आइपुगेको उनले बताए । अर्को हप्ताबाट नागरिकको घरघरमा त्यो पानी पुग्ग्ने उनले बताए ।

४. मरिन सुनकोशी डाइभर्सनको काम सुरु
तराई मधेसका ५ जिल्लाको भाग्य बदल्न सक्ने मरिन सुनकोशी डाइभर्सनको काम सुरु भएको उनले बताए । यसले १ लाख ८२ हजारभन्दा बढी जमिनलाई सिचाई गरेर तराईलाई सुन फल्ने ठाउँ बनाउने उनको दाबी छ ।

५. ३९६ पालिकामा आधारभूत अस्पतालको शिल्लान्यास
देशभरका २९६ स्थानीय तहमा न्यनतम ५ देखि १५ वेडका आधारभूत अस्पतालको शिल्लान्यास गरिएको भन्दै उनले हरेक पालिकामा न्यनूतम एउटा अस्पताल हुनुे सुनिश्चित गरेको बताए । यसका साथै हरेक पालिकालाई कालोपत्र सडकले दुई वर्षभित्र जोड्ने गरी सरकारले काम अगाडि बढाएको उनले बताए ।

६. कोरोनाविरुद्ध खोप उपलब्ध गराउने ६० देशमा नेपाल
मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्ध समयमै खोप उपलब्ध गराउने ६० मुलुकमा नेपाल परेको बताए ।

७. लिपुलेक औपचारिक एजेण्डा बन्यो

परराष्ट्रमन्त्री ज्ञवालीले केही समय पहिले भएको नेपाल भारत संयुक्त बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई औपचारिक एजेण्डा बनाएको समेत जानकारी दिए ।

प्रधानमन्त्री बन्ने सपना पुरा भएन भन्दैमा प्रतिमगन भनिएको भन्दै नेकपा एमालेका सचिव समेत रहेका मन्त्री ज्ञवालीले भने, ‘प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, नपाउने प्रतिगमन हुने । तर हाम्रा निम्ति काठमाडौंका जनताले पानी खान पाउनुभन्दा अग्रगमन अरु केही हुन सक्दैन । तराईका बन्जर जमिनमा सिचाइ दिनुभन्दा अग्रगमन अरु केही हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *