पोखरा : नेपाली कांग्रेसका नेता गगन थापाले  सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसलाई आएको बताएका छन् । नेकपा असफल भएकालेअब त्यो जिम्मेवारी कांग्रेसमाथि आएको थापाको भनाइ थियो ।

स्याङ्जाको भीरचोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले भने -प्रधानमन्त्री ओलीलाई अब शासन चलाउन दिनु भनेको बाँकी रहेका संवैधानिक निकाय र संसदलाई पङ्गु बनाउनु हो,कांग्रेसले अब केपी ओलीलाई घर पठाउनुपर्छ । कांग्रेसले छोटो समयका लागि भए पनि सरकारको जिम्मा लिएर निर्वाचन गराउनुपर्छ ।                                                                                    सुशासन, रोजगारी, स्वास्थ्यको क्षेत्रमा सुधार र बिग्रिएको संविधानलाई ठिक ठाउँमा ल्याउन पनि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनले दावी गरे । ‘संविधानभित्रको सन्तुलन जसरी गुमाइएको छ, त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आयो,’ थापाले भने ।

कांग्रेस नेतृत्वको सरकारले अब २ वर्ष गल्ती कमजोरी नगरीकन चुनावमा जानुपर्ने भन्दै  थापाले भने – नेकपाले सरकार  चलाउन सकेन र अब कांग्रेसले चलाउँछ।नेकपा सरकारले रेल, पानीजहाज, हवाइअड्डा भनिरह्यो । कम्युनिस्ट सरकारको पालामा सपना अटायो, मान्छे अटाएन ।

केही समय कांग्रेस सम्हालिएर सरकार चलाउनुपर्ने उनको भनाइ थियो । ‘संघको सरकार हामी चलाउँछौं, स्थानीय सरकारका साथीहरुले आआफ्नो ठाउँमा मिहिनेत गर्ने हो,’ थापाले भने, ‘यो निर्वाचनमा शानदार ढंगले निर्वाचनमा जान्छौं । हिजो के गर्योँ भनी हेर्ने होइन, सच्चिएर जाने हो ।’                                                                   आउँदो चुनावमा कांग्रेस कुनै पनि पार्टीसँग मिलेर  नजाने थापाको दाबी थियो । ‘कांग्रेस कुनै पार्टीसँग मिल्दैन, कांग्रेस आफ्नो तागत, विचार लिएर जनतामा जान्छ,’ थापाले भने, ‘केपी ओलीबाट निराश जनतालाई भरोसा दिलाएर जनतामा जाने हो । हामी आफैंले बहुमतको स्थिति बनाउने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *