कञ्चनपुर :कञ्चनपुरका मालपोत अधिकृत २४ हजार घूससहित  पक्राउ परेका छन् ।

बिहीबार दिउँसो कञ्चनपुर मालपोत कार्यालय महेन्द्रनगरमा कार्यरत मालपोत अधिकृत लोकराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घूस रकम लिइरहेको सूचनाका आधारमा पक्राउ गरिएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिश्चन्द्र जोशीले जानकारी दिए ।

मालपोत अधिकृत जोशीमाथि थप अनुसन्धान अगाडि बढाइएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *