एजेन्सि: तान्जानियाका राष्ट्रपति जोन मागुफुलीको  निधन भएको छ। मागुफुलीको ६१ वर्षको उमेरमा उपचारकाे क्रममा निधन भएको त्यहाँकी उपराष्ट्रपति समिया सुलुहु हसनले पुष्टि गरेकी छन्।

मागुफुली विगत दुई हप्ता यता सार्वजनिक रुपमा कतै देखिएका थिएनन्। प्रतिपक्षी दलका नेताहरुले भने उनलाई कोरोना भएको बताएका छन्। उक्त विषय पुष्टि हुन सकेको छैन।

मागुफुलीले जुनतिर नै तान्जानिया कोभिड-१९ फ्रि मुलुक भएको घोषणा गरेका थिए। यसो त उनले कोरोना तथ्यांक राख्न वेवास्ता गरेका थिए।

मागुफुलीको निधनमा तान्जानियामा १४ दिनसम्म शोक मनाइनेछ। नयाँ राष्ट्रपतिका रुपमा हसनले शपथ लिनेछिन्। यदि त्यसो भएमा हसन तान्जानियाको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्नेछिन्।

मागुफुली उनको ५६ औं जन्मदिनको अवसरमा पहिलोपटक सन् २०१५ मा राष्ट्रपति बनेका थिए। दोस्रो कार्यकालका लागि उनी अघिल्लो वर्ष चुनिएका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *