काठमाडौं । नेपाल क्लियर हाउस लिमिटेडले कनेक्ट आईपीएस मार्फत् हुने कारोबारकाे सीमा बढाएको छ । कम्पनीले आफ्नो वेब र माेबाइल एप दुवै प्लेटफर्मबाट हुने प्रतिदिनको कारोबार सिमालाई बढाएको हो ।

कम्पनीले वेबबाट हुने प्रतिदिनको कारोबार सीमा १० लाखबाट बढाएर २० लाख पुर्याएकाे छ ।त्यस्तै मोबाइल एपमार्फत हुने प्रतिदिनको कारोबार सीमा एक लाखबाट दुई लाख रूपैयाँ पुर्याएकाे छ ।
त्यस्तै एकपटकमा बेबसाईट बाट काराेबार गर्दा १० लाख र माेबाइल एपबाट काराेबार गर्दा एक लाख रूपैयाँ सीमा ताेकिएकाे छ ।
अनलाइन भुक्तानीको प्रयाेग बढ्नुका साथै राम्रो प्रतिक्रिया आएका कारण राष्ट्र बैंकको निर्देशिकामा आधारित रहेर कम्पनीले कारोबार सीमा बढाएको कम्पनीकी बजार प्रमुख प्रिती झाले बताइन् ।
कारोबार सीमा बढाइए पनि सेवा शुल्क भने पुरानै निरन्तरता दिइने उनले बताइन् । ‘पहिलेदेखि नै शुल्क सुलभ नै थियो, लकडाउनको समयमा निःशुल्क सेवा दिएपछि गत साउनमा मात्र थाेरै शुल्क राखेका छाैं,’ प्रिती भन्छिन्, ‘अहिले त्याे शुल्कलाई नै निरन्तरता दिएका छाैं ।’
नयाँ कारोबार सीमा परिवर्तन कनेक्ट आईपीएसले लागू गरिसकेको छ । परिवर्तित कारोबार सेवा कम्पनीका जोकोही सेवाग्राहीले प्रयोग गर्न सक्छन्

