Close up horizontal photograph of a medical syringe being pushed into the rubber cap of a medicine vial. The vial is being held in the hand of a gloved medical provider. The image has shallow depth of field and the focus in on the tip of the syringe needle. The background is out of focus but appears to be related to the medical field.

काठमाडौंँ। पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका स्वास्थ्यकर्मीलगायतका अन्य प्राथमिकतामा परेका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो प्राथमिकता क्रममा परेका व्यक्तिलाई वैशाखमा खोप दिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आईसीएसको बैठकले पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो पटकको खोप दिने निर्णय भएको जानकारी दिनुुभयो । तीन महिनापछि पहिलो चरणमा खोप लगाएकाले दोस्रो पटकको खोप पाउन लागेका हुन् । सुरुमा चार हप्तापछि दोस्रो पटकको खोप लगाउने भनिए पनि अध्ययनले आठ देखि १२ हप्ता दोस्रोपटक खोप दिँदा प्रभावकारी हुने देखाएपछि सोअनुरूप गरिएको हो । उहाँले दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिलाई पहिलो मात्रा दिने विषयमा निर्णय नभएको जानकारी दिनुुभयो । सरकारले खोप अभियान सुुरु गरेको पहिलो प्राथमिकतामा चार लाख २९ हजारले खोप लगाएका थिए ।
हालसम्म खोप १६ लाख पाँच हजार ७०६ जनाले खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २३ गतेदेखि सञ्चालन भएकोे दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित खोप वा बाध्यात्मक अवस्थाका कारण सञ्चालन गर्न ढिलाइ भएका जिल्ला र स्वास्थ्य संस्थाहरूमा सम्बन्धित समन्वय तथा अनुगमन समितिको निर्णयका आधारमा बाँकी खोप अभियान सञ्चालन गर्ने बताएको छ ।
खोप शाखा प्रमुख डा. झलक गौतमले दोस्रो चरणमा ११ लाख ५६ हजार १५६ जनाले खोप लगाएको जानकारी गराउनुुभयो । दोस्रो चरणमा उत्साहका साथ ६५ वर्षमाथिका व्यक्तिले खोप लगाएको जानकारी पनि उहाँले दिनुुभयो । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतबाट अनुदान स्वरूप उपलब्ध भएको पहिलो चरणमा आएको खोपको मौज्दात विवरण पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को बैठकले सबै खोप केन्द्रलाई मौज्दातसहित सम्पूर्ण खोपको विवरण दुई दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिएको हो । सहप्रवक्ता अधिकारीले स्वास्थ्य संस्थाहरूमा पठाइएको खोप तथा खोप भण्डारण केन्द्रमा रहेको खोप सुुरक्षित राख्न निर्देशन पनि दिएको बताउनुभयो ।

थप ९४ जना सङ्क्रमित
नेपालमा बुुधबार थप ९४ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुुई लाख ७५ हजार ५१८ पुगेको छ । त्यसैगरी कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ५५० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३ जना सङ्क्रमित थपिएका छन् । बुुधबार देशभर थप ५५ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९, भक्तपुरमा ११ र ललितपुरमा १३ गरी उपत्यकामा ५३ जना थपिएका हुुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *