काठमाडौँ –सुन भाउमा आज तीन दिनपछि वृद्धि भएको छ । तीन दिनपछि सुनको भाउमा तीन सय रुपैयाँले वृद्धि भएको हो ।
बुधबार प्रतितोला ८६ हजार नौ सयमा कारोबार भएकोमा आज छापावाला सुन प्रतितोला ८७ हजार दुई सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य पनि बढेर ८६ हजार ७ सय ५० कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १२ सय ९० पुगेको छ ।
