५ चैत, काठमाडौं ।  दशरथ रंगशालामा आयोजना हुने  आगामी  त्रिदेशीय फुटबल हेर्न टिकट दर सात सय र १५ सय रुपैयाँ तोकिएको छ ।

नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी प्रतियोगिताका खेल हेर्न जनरलतर्फ सात सय र भीआईपीतर्फ १५ सय रुपैयाँ टिकट तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । रंगशालामा १५ हजार दर्शक क्षमता भए पनि १२ हजार वटा टिकट मात्र बिक्री गरिने एन्फाले जनाएको छ ।

जनरलतर्फ १० हजार ५०० र भीआईपीतर्फ १५०० वटा टिकट बिक्री गरिने एन्फा प्रवक्ता किरण राईले बताए ।यो प्रतियोगिता सञ्चालन गर्न १ करोड रुपैयाँ खर्च लाग्ने र टिकट बिक्री तथा टेलिभिजन प्रशारण अनुमति बिक्रीबाट १ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य रहेको राईले जानकारी दिए ।

त्रिदेशीय कपमा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछ ।

अहिले नेपाली फुटबल टिम यही प्रतियोगिताको तयारीमा छ । प्रतियोगितामा सहभागी हुन बंगलादेशको टोली बिहीबार काठमाडौं आउँदैछ भने कीर्गिस्तानको टोली २१ मार्च अर्थात चैत ८ गते आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *