समाचार एजेन्सी पीटीआइका अनुसार घटना उत्तर दिल्लीको न्यु अरुणानगरमा बुधबार विहान सात बजे भएको हो । सामान्य पसल चलाएअयोग्य खाना र बस्ने ४५ वर्षीया मीनामाथि बन्दुकधारीले आक्रमण गरेका थिए । उनको छातिमा गोली लागेको र अस्पताल लैजाँदा मृत घोषित गरिएको थियो ।मीना पति र १२ वर्षीया छोरीको साथमा विगत आठ वर्षदेखि दिल्लीमा बस्दै आएकी थिइन् । प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको जनाइएको छ । सीसीटीभी फुटेज हेरेर शंकास्पदको खोजी भइरहेको प्रहरीको भनाई उदृत गर्दै पीटीआईले जनाएको छ ।