काठमाडौं: बुधबार नेपाली बजारमा सुनकाे मूल्य सामान्य बढेकाे छ । साेमबार र मंगलबार स्थिर रहेकाे सुनकाे मूल्य आज प्रतिताेला ३ सय रूपैयाँले बढेकाे हाे ।

बुधवारका लागि छापाववाल सुनकाे मूल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य तीन दिन देखी प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा स्थिर रहेको थियो।
चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ७० रुपैयाँ कायम भएको छ। तीन दिन यता चाँदीको मूल्य सामान्य बृद्धि हुँदै मंगलबार तोलामा एक हजार २ सय ८० रुपैयाँ पुगेको थियो।
अन्तरार्ष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा प्रभाव परेको महासंघले जनाएको छ। अन्तरार्ष्ट्रिय बजारमा सुन प्रतिऔंस १७३६=६३ र चाँदी प्रतिऔंस २५=८८ डलरमा कारोबार भइरहेको छ।
